ब्राउनसुगरसहित ५ जना युवायुवती पक्राउ

ब्राउनसुगरसहित ५ जना युवायुवती पक्राउ

दाङ, पुस १७। दाङको तुलसीपुरबाट लागूऔषध ब्राउनसुगरसहित ५ जना युवायुवती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३ जना युवती छन् भने २ जना युवक छन् ।

दुई दिनको अवधिमा तुलसीपुर उपमहानगरपालिका ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीया रुद्रमणी पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं.७ सागरनगर टोल बस्ने ३० वर्षीय कैलाश नेपालीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट ५ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

पछिल्लो समय तुलसीपुरमा लागूऔषध कोरोबारी तथा सेवनकर्ता पक्राउ पर्नेक्रम बढेको छ । एक महिनाको बीचमा तुलसीपुरबाट प्रहरीले तीन दर्जन बढीलाई पक्राउ गरिसकेको छ ।