कैलालीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

कैलालीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दाङ, पुस १८ ।कैलालीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेको छन् । धनगढी उपमहानगरपालिमा ८ स्थित टेकराज खनालको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ परेका हो ।

पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका १० का २६ वर्षिय भुमिराज चौधरी, सोहि ठाउँका २५ वर्षिय अरबिन चौधरी, ३२ वर्षिय रमेश कठरिया, २७ वर्षिय ज्ञानेन्द्र कठायत, ३६ वर्षिय भिकराम चौधरी, ३६ वर्षिय टेक बहादुर साउद, ३६ वर्षिय टेकराज खनाल रहेका छन् ।

उनीहरुलाई विशेष सुचनाको आधारमा प्रहरीले गय राती सवा ९ बजे पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ४२,६,८५ नगद बरामद गरेको जिल्ला प्रहारी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैइरहेको छ ।