कैलालीमा जुवाको खालबाट १८ जनालाई पक्राउ

कैलालीमा जुवाको खालबाट १८ जनालाई पक्राउ

कैलाली, कार्तिक १५। प्रहरीले गएराती कैलालीमा राती २ बजे जुवाको खालबाट १८ जनालाई पक्राउ गरेको छ। बर्दगोरिया गाउँपालिका वडा नं. ६ पृथ्वीपुरबाट १ लाख ८० हजार ७ सय ५० रुपैयाँसहित १८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका वडा नं. ५ का शुनिल चौधरी, वडा नं. ३ बस्ने टेक बहादुर रोकाया, ४ बस्ने चन्द्र सापकोटा, २ बस्ने हेम बहादुर बम, रविन्द्र थापा, बरुण शमसेर राणा रहेका छन् ।

वडा नं. ३ बस्ने आनन्द गौतम, १ बस्ने महेश डगौरा थारु, दिपक कुमार बुढा, ईन्द्र भण्डारी, विरेन्द्र भण्डारी, शिवराज सापकोटा, खुमेन्द्र बहादुर सापकोटा, वडा नं. ४ बस्ने कमल बुचा मगर, मेघराज सापकोटा, २ बस्ने अरुण शमसेर राणा, लक्ष्मण कुवर र १० बस्ने तपेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा गएको ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका साथबाट ११ गड्डी तास पनि प्रहरीले बरामद गरेको छ भने उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।