बाँकेमा ३ वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला

बाँकेमा ३ वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला

बाँके, पुस १९ । बाँकेमा ३ वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुरका निशार मोहम्मद शेषका ३ वर्षीय छोरा अक्सत शनिबार राती पोखरीमा मृत फेला परेका थिए ।

उनी पुष १३ गते अपरान्ह हराएका थिए । खोजतलास गर्दै जाँदा शनिवार राती पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तिले जानकारी दिनुभयो ।

५० मिटर फरकमा दुईवटा तलाउ छन् । तलाउमा डुवेको आंशकामा प्रहरीले पम्पिङसेटबाट पानी सुकाएर खोजतलाश गर्दा राती ९ बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक घर्तिले बताउनुभयो ।