कोइलाबासको पर्यटन क्षेत्रमा विदेशी पर्यटकको चहपहल बढ्दै

कोइलाबासको पर्यटन क्षेत्रमा विदेशी पर्यटकको चहपहल बढ्दै

शिवु खनाल
कोइलाबास नाका, १८ पुस
जनजीवन सामान्य बन्न थालेसँगै कोइलाबास नाकामा पर्यटकको संख्या बढ्न थालेको छ । पहिलेको तुलनामा अहिले कोइलाबास नाकामा भ्यूटावर र झोलुङ्गे पुल लगायत हरियाली दृश्य अवलोकनको लागि छिमेकी राष्ट्र भारतबाट पर्यटक आउने यात्रुको संख्यामा वृद्धि भएको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण त्रासका कारण नेपाल सरकारले गत चैत ११ गते लकडाउन सुरु गरेको थियो । त्यसपछि ठप्प भएको पर्यटक आगमन हाल आएर क्रमशःबढ्ने क्रममा रहेको छ । वडाध्यक्ष सिद्दिकिका अनुसार सन् २०२२ को दिन मात्रै करिब बाह्रहजार पर्यटक भारतबाट कोइलाबास नाका हुदँै (नेपाल) भित्रिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको लखनउ, गोरखपुर, बलरापुर, गोण्डाबाट बाह्रहजार पर्यटन नेपाल भित्रीएको वडाध्यक्ष सद्दाम सिद्दिकिको भनाइ छ ।
वडाध्यक्ष सिद्दिकिका अनुसार पहिलेको तुलनामा स्वदेशबाट विदेश घुम्न जाने नागरिकको संख्या भन्दा बढी विदेशी पर्यटन नेपाल भित्रीएको देखिएको छ । भारतसँग जोडिएको दाङको सीमावर्ती क्षेत्र कोइलाबास नाका खोलेसँगै महिना दिनमै पर्यटक आवागमनमासमेत वृद्धि भएको छ वडाध्यक्ष सिद्दिकिले बताउनुभयो । (कोभिड–१९)का कारण लामो समयदेखि सुनसान रहेको कोइलाबासको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको चहपहल बढ्न थालेको छ । अहिले भारतसँग जोडिएको राप्तीको प्रवेशद्वार माननिने कोइलाबास नाकाको मौसम पनि निकै खुलेको छ । सीमावर्ती क्षेत्रमा रहेको हरियाली वातावरण लगायत भ्यूटावरबाट मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले कोइलाबास नाकालाई रोजाइको गन्तव्य बनाउने गरेका छन् । कोरोना संक्रमण कम भएसँगै लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकि बताउनुहुन्छ ।
उहाँले पर्यटकले सधै भरिभराउ हुने रामजानकी मन्दिर, झोलुङ्गे पुल, भ्यूटावर र आसपासका क्षेत्रमा पहिलेको तुलनामा असाध्यै पर्यटनको संख्या वृद्धि भएको बताउनुभयो । आन्तरिक पर्यटकको उपस्थिति बाक्लिन थाले पनि आर्थिक गतिविधिलाई अझै चलायमान बनाउनका लागि विदेशी पर्यटकको गतिविधि पनि बढ्नुपर्ने व्यवसायीहरूको भनाइ छ । कोइलाबास नाका आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो देखिएको छ । बाउ बाजेले नुन बोकेको ठाउँको सुन्दर दृश्य हेर्नका लागि आफूहरु टाढा–टाढादेखि कोइलाबास नाकामा आएको पर्यटकहरु बताउँछन् । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही समय लाग्ने भए पनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको छ । यस्तै गढवा गाउँपाफिका वडा नम्बर ८ कने वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बढीभन्दा बढी आन्तरिक पर्यटकहरुलाई भित्र्याउने खालका कार्यक्रमहरु गरेको वडाध्यक्ष सिद्दिकिले बताउनुभयो ।।