गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्नेले मागे माफी

गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्नेले मागे माफी

दाङ, पुस १९। गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले खाँदा ओढाएर माफी माग्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर शेर्पाले दुर्व्यवहार गर्नुभएको थियो।

गायक राईमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध भएको थियो। राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडिओमा आयोजकसँगै दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उहाँले माफी दिएको देखाइएको छ।

सो क्रममा शेर्पाले आफूबाट गल्ती भएको स्वीकार्दै राईलाई खादा ओढाएर माफी माग्नुभएको छ। ‘मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई) लाई धेरै डिस्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग माफी माग्छु। उहाँको म ठूलो प्रशंसक हुँ,’ उहाँले भन्नुभएको छ।