बिष्टद्वारा बुवाआमाको सम्झनामा अक्ष्यकोष स्थापना

बिष्टद्वारा बुवाआमाको सम्झनामा अक्ष्यकोष स्थापना
 अबिसेक डाँगी
दाङ । दङ्गिशरण गाउँपालिका वडा नं: १ बस्ने टुपेन्द्र बिष्ट र बामदेव बिष्टले बुबाआमाको नाममा अक्षयकोष स्थापना गरेका छन् । बिष्टले आधाभूत बिध्यालय बाँकिबेटारपुरमा एक कार्यक्रमको आयोजना गरी ५० हजार अक्ष्यकोषको स्थापना गरेका हुन् । शिक्षाको विकासका लागि बुबा शेर बहादुर बिष्ट र आमा रेवति बिष्टले देखेको सपना पुरा गर्नका लागि आधाभूत बिध्यालय बाँकिबेटारपुरमा ‘शेर–रेवती स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् । हरेक वर्ष दलित जेहेन्दार छात्र छात्रा १÷१ जनालाई छात्रवृत्ति प्रदान गर्ने गरी ५० हजारको अक्षयकोष स्थापना गरेको बामदेव बिष्टले जानकारी दिएका छन् । ‘बुबाआमाको सपना साकार होस् भन्ने उद्देश्यले हामीले छात्रवृत्ति स्थापना गरेको हुँ’, बिष्टले भने,‘हामीले स्थापना गरेको छात्रवृत्तिले हरेक वर्ष १÷१ जना विद्यार्थीहरु सुन्दर भविष्यको निर्माण हुनेछ भन्ने अपेक्षा गरेको छु ।’ यता बिष्ट परिवार नै छात्रवृत्तिको अक्षय कोष लिएर विद्यालय आउँदा आफूहरु हर्षित भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक प्रेम बिष्टले विद्यालयले अक्षय कोषलाई व्यवस्थित बनाउने बताए । उनले हरेक वर्ष विद्यालयको वार्षिकोत्सवमा २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने बताए । बिष्टले अक्षयकोष स्थापनाका लागि उक्त रकमको चेक बिध्यालयका प्रधानाध्यापक प्रेम बिष्टलाई हस्तान्तरण गरेका थिए ।