कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तु, पुस २०। कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर म‌ंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा बुद्धभूमि ३ कै ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनुभयो।

बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो।