दुई बालकहरु बिच एक आपस मा झगडा हुदा एक बालकको भिरबाट लडेर मृत्यु

दुई बालकहरु बिच एक आपस मा झगडा हुदा एक बालकको भिरबाट लडेर मृत्यु

दाङ, पुस २० । रुकुम पूर्वमा दूई बालक हरु बिच एक आपस मा झगडा हुदा एक बालकको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नंम्बर १ लुकुममा हिजो (सोमबार) नजिकैको जङ्गलमा गाई चराउन गएका ९ बषीय र ८ बर्षीय बालक हरुबिच झगडा हुदा ८ वर्षी बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पृर्वले बताएको छ ।

प्रहरीका अनुसार ९ वर्षीय बालकले कुटपिट गरेर भिरबाट धकेलिदिदाँ गम्भिर घाईते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्व ल्याईएको थियो । अस्पताल पुर्याउनु लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दीएको छ । घटना संलग्न भनिएका बालकलाई प्रहरीले सोधपुछका लागी प्रहरी कार्यलय रुकुम पृर्व ल्याईएको प्रहरीले बताएको छ ।