गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदै छ: महासचिव पोखरेल

गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदै छ: महासचिव पोखरेल

दाङ, पुस २१। नेकपा एमालेका महासचिव शंकर पोखरलले अहिलेको गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउन लागेको आरोप लगाउनुभएको छ ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधान भएपछि अशान्त नेपालल शान्त भएको दाबी गर्दै यस्तो बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले यस्तो भन्नुभएको छ ।

“केपी ओली प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भुमिका खेल्नु भो । पाँचदलीय गठवन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउदैछ ।”