सरसफाईका बारेमा जनचेतना फैलाउँदै ‘खनाल र भेटवाल’

सरसफाईका बारेमा जनचेतना फैलाउँदै ‘खनाल र भेटवाल’

शिवु खनाल
देउखुरी, २३ पुस
कुनै पनि कामको सुरुवात आफैबाट गनुपर्छ भन्ने मान्यताले शुक्रबार लमही बजारका चोक, गल्ली एवम् नालीहरु र बाटोघाटो लगायतमा छरिएर रहेका फोहोर मैलाको उचित व्यवस्थापन गर्न देउखुरी उद्योग बाणिज्य संघ लमही, सुरक्षाकर्मी, स्थानीय समाजसेवी, व्यापारी, युवा महिला लगायतको टोलीको नेतृत्व गर्दै सरसफाई अभियानमा जुटे । लमहीलाई स्वच्छ र सफा बजार बनाउन मैनादेवि फाउण्डेशका दुईजना युवाको नेतृत्वमा सरसफाई अभियानमा स्थानीय र विभिन्न संघसंस्था जुटेका छन् । लमही कोलपुर सडकको मुख्य केन्द्र लमही बजारलाई एउटा नमूना र स्वच्छ, सफा सुन्दर बजारको निर्माण र विकास गर्न फोहोर व्यवस्थापन तथा सरसफाई अभियानमा सक्रिय रहेका छन् ।
कहिले चोक, कहिले वस्ती, कहिले सार्वजनिक स्थल त कहिले अस्पताल परिसर सम्म पुगेर सरसफाईका बारेमा जनचेतना फैलाउंदै आएको मैनादेबी फाउन्डेसनले सरसफाई अभियान अन्र्तगत शुक्रबार लमही बजार क्षेत्रमा सरसफाई गरेको मैनादेबी फाउन्डेसन दाङका संयोजक अंकित खनालले बताउनुभयो । उहाँले स्वास्थ रहनका लागि सरसफाइ अनिवार्य भएकोले आ–आफ्नो स्थानबाट स्वच्छ वातावरण बनाउनका लागि योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ । ब्यापार गरेर निस्केको फोहोरहरु व्यवस्थापनमा लमही नगरपालिकाको ध्यान जान नसकेको देउखुरी उद्योग बाणिज्य लमहीका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो । उहाँले भन्नुभयो,–। जस्ले गर्दा बजार क्षेत्र फोहोर बन्दै गएको हो ।
स्वच्छ, सुन्दर, फोहोर रहित, हराभरा हाम्रो लमही अभियान अनुसार बसपार्क देखि बजार क्षेत्रको विभिन्न चोक सम्म सरसफाई गरिएको हो । लमही बजार दाङ जिल्लाकै व्यापारिक केन्द्र भएको हुदा बजार परिसर वरिपरीको फोहोर व्यवस्थापन गरेर सुन्दर शान्त स्वच्छ वातावरण कायम गर्ने हेतुले आफूले बजारलाई नमूना बजारको रुपमा विकास गदै सफा सुग्घर गराउदै समाज सुधारको एउटा नमूना कार्यको थालनी गर्ने अभियानमा लागेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो ।
उहाँले लमही बजारलाई एउटा नमूना सुन्दर शान्त र स्वच्छ बजार निर्माण र विकास गर्नका लागि आफूले निरन्तर काम गरिरहने अध्यक्ष खनालको प्रतिवद्धता थियो । यता मैनादेबी फाउन्डेसनका सह–संयोजक रोशन भेटवालले थोरै भए पनि समाजसेवा गरौं भन्ने मुल नाराका साथ सुरु भएको अभियान टोलीले आफनो घरबाट निस्कने फोहोरलाई आफैले ब्यवस्थापन गर्नु पर्छ भन्ने शन्देस दिंदै आफुले फालेको फोहोर अरु कसैलाई हानी नोक्सानी नपुग्ने गरि काम गरेर सब्य नागरिकको परिचय दिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा सरसफाई अभियानकर्मी स्थानीय आकाश महराले अव सरसफाईको बारेमा दिर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।।