काठमाडौंको कपनमा भेटिए एक युवक र युवती मृत

काठमाडौंको कपनमा भेटिए एक युवक र युवती मृत

काठमाडौं, पुस २३। काठमाडौंको कपनमा एक युवक र युवती मृत भेटिएका छन्।

कपनको शिवजी चोकस्थित एक घरमा बस्दै आएका युवक–युवतीको कोठामै मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिनुभयो।

उहाँकाअनुसार बिहीबार राती संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका– ५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन्।

उनीहरु दुवैजना पब्जीको लतमा थिए। अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन्।