नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

दाङ, पुस २३ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिम पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि नेपालमा तीन जनामा ओमिक्रोम पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।