प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

दाङ, पुस २४। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड)लाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार हिजो गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

स्वस्थ्यमा केही असहजता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । प्रचण्डले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिहनुभएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जानकारी दिएको छ ।