मुस्लिम इत्तेहाद संगठन (समाजवादी) नेपाल दाङको अध्यक्ष सिद्दिकि

मुस्लिम इत्तेहाद संगठन (समाजवादी) नेपाल दाङको अध्यक्ष सिद्दिकि

देउखुरी, २४ पुस
मुस्लिम इत्तेहाद संगठन (समाजवादी) नेपाल दाङको अध्यक्षमा चुन्नु सिद्दिकिलाई सर्वसम्मत रुपमा चयन गरेको छ । मुस्लिम इत्तेहाद संगठन (समाजवादी) नेपाल दाङको शनिवार बसेको भेलाले सिद्दिकिको अध्यक्षतामा ३१ सदस्य जिल्ला समिति गठन गरेको हो । जसको उपाध्यक्षमा जाबेद अख्तर सिद्दिकि, सचिवमा अब्दुल बक्स मिया, उप—सचिवमा फातिमा खातुन, कोषध्यक्षमा हेलिना मिया रहनु भएको छ ।
मुस्लिम इत्तेहाद संगठन (समाजवादी) नेपाल दाङको अध्यक्ष अजमल सिद्दिकिको अध्यक्षता एवम् एकीकृत समाजवादी नेपालका केन्द्रीय सचिव, लुम्बिन प्रदेशका इञ्चार्ज भागवत विश्वासीको प्रमुख अतिथि तथा एकीकृत समाजवादीका केन्द्री सदस्य अनारकलि मिया, हिराचन्द्र केसीको विशिष्ट अतिथिमा सम्पन्न भेलामा एकीकृत समाजवादीका नेपालका केन्द्रीय सल्लाहाकार सदस्य सेनदाश शाह, लुम्बिनी प्रदेश कमिटि सदस्य अमित शर्मा, प्रेमबक्स मिया, एकीकृत समाजवादीका नेपाल दाङका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, डिल्ली डाँगी, कुलबहादुर डाँगी लगायतले भेलालाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण मुस्लिम इत्तेहाद संगठन (समाजवादी) नेपाल दाङको सचिव हरिकला ओली मियाले गर्नु भएको थियो ।।