दाङमा मोटरसाईकलन दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा मोटरसाईकलन दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, पुस २५। दाङमा मोटरसाईकलन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा २ प १८४० नम्वरको मोटरसाईकल घोराही ११ बुकालीडाँडा नजिकै दुर्घटना हुँदा चालक घोराहरी १० बस्ने ५३ बर्षिय पदम बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि सोही ठाउँ बस्ने ४६ बर्षिय मदन बस्नेत र घोराही ११ बस्ने ४६ बर्षिय टेक बहादुर बस्नेत घाईते हुनुभएको छ । घाइते मध्ये मदन बस्नेतको सामान्य उपचार पछि डिस्चार्ज गरिएको र टेक बहादुर बस्नेतलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रवक्ता रिजालले बताउनुभयो ।

शनिबार साँझ तुलपुरबाट घोराही तर्फ आउँदै गर्दा लु अ प १२५६ नम्वरको जिपलाई ओभरटेक गर्ने क्रममा मोटसाइकल सोही जिममा ठोकिएर दुर्घटनामा परेको थियो ।