बाँकेमा एक बालिका बेवारीसे अवस्थामा फेला

 बाँकेमा एक बालिका बेवारीसे अवस्थामा फेला

दाङ, पुस २५। बाँकेमा बेवारीसे अवस्थामा एक बालिका फेला परेकी छिन् । नेपालगन्ज उपहानगरपालिका १ खजुरा रोडमा आज उनी फेला परेकी हुन ।

उनको घर कहाँ भन्ने नखुलेको बाँके प्रहरीले जनाएको छ । ति बालिकाले आफ्नो नाम मारुती मगर बताएकी छिन् । बालिकाले निलो सुईटर, हरियो ट्राउजर, गुलावी, खैरो रंगको टोपी, चप्पल लगाएकी छिन् ।

उनको उम्मेर अन्दाजी ३ वर्षको जस्तो रहेको प्रहरीको भनाई छ । यदि कसैले चिन्ने भएमा बाँके प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ