दाङमा बस दुर्घटना हुँदा ९ जना घाइते

दाङमा बस दुर्घटना हुँदा ९ जना घाइते

दाङ, पुस २६। दाङमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेको लमहीमा सामान्य उपचापछि नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

बिरगञ्जदेखि सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत सोमाबार (आज) बिहान साढे ३ बजे राप्ती गाउँपालिका(५ दोलहीखोला नजिक दुर्घटना भएको हो ।

बसमा २० यात्रु सवार थिए । तीब्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइतेको परिचय खुल्नबाँकी रहेको छ ।