चलचित्र `ए मेरो हजुर–४’को टिजर सार्वजनिक

चलचित्र `ए मेरो हजुर–४’को टिजर सार्वजनिक

दाङ, पुस ३०। नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’को टिजर सार्वजनिक भएको छ । अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रको टिजर आज सार्वजनिक गरिएको हो । टिजरमा प्रेमिल दृश्यहरु समावेश छन् ।

झरना थापाको निर्देशन रहेको चलचित्र पहिलो लकडाउनपछि खिचिएको हो । चलचित्रलाई सुनील कुमार थापाले निर्माण गरेका हुन् ।

अघिल्ला सिरिजहरु आर्थिक रुपमा सफल भएपछि निर्माण पक्षले यो चलचित्र निर्माण गरेको हो ।