नेपालगन्ज विमानस्थलका धावनमार्गमा बँदेलका पाठासँग सीता एयरको जहाज ठोकियो

नेपालगन्ज विमानस्थलका धावनमार्गमा बँदेलका पाठासँग सीता एयरको जहाज ठोकियो

बाँके, कार्तिक १६। नेपालगन्ज विमानस्थलका धावनमार्गमा बँदेलका पाठासँग सीता एयरको जहाज ठोकिएको छ। मंगलबार बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको ९ एन एएचबी कल साईनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज ३ वटा बँदेलका पाठासँग ठोक्किएको र ३ वटै पाठा मरेको बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

बँधेलका पाठासँग ठोकिएपनि मानवीय क्षति भने भएको छैन । १४ यात्रु ३ चालकदलका सदस्य सहित र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल गरिएर भाँचिएको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको भइसकेको प्रहरीले जनाएको छ ।