रुखले च्याँप्दा देउखुरीमा एकको मृत्यु

रुखले च्याँप्दा देउखुरीमा एकको मृत्यु

शिवु खनाल
देउखुरी माघ ७
देउखुरीमा रुखले च्याँपेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर २ निवासी वर्ष ३२/३३ का सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रवार बिहान साढे सात बजेको समयमा घर देखि एक किलो मिटर पर रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्याँपिएर मृत्यु भएको उनका जेठा दाइ स्वामी प्रसाद यादवले बताए ।

भाइलाई रुखले च्यापेको थाह पाए पछि उपचार गर्न लैजाने भनेर एम्बुलेन्स समेत बोलाई सकेका थियौं तर बचाउँन सकिएन दाइ स्वामीले भने । रुखले च्याँप्दा उनको दाहिने खुट्टा पनि भाँचिएको छ । मृतक यादवको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा पुर्याइएको छ ।।