स्कोडा गाडीको बजार पश्चिम नेपालमा विस्तार हुदै

स्कोडा गाडीको बजार पश्चिम नेपालमा विस्तार हुदै

दाङ, माघ ८। विश्व बजारमा राम्रो बिक्रि रहेको स्कोडा गाडीको बजार पश्चिम नेपालमा विस्तार हुदैछ । महादेवा अटोमोवाइल प्रा.लिले स्कोडा गाडीको बजार पश्चिम नेपालमा विस्तार गर्न लागेको हो ।

दाङका युवा उद्यमीहरुले दाङसहित नेपालगन्ज र सुर्खेतमा यस गाडीको स्वरुम सञ्चालन गर्न थालेका छन् । शनिबार घोराहीमा पत्रकार सम्मेलन गर्दै महादेवा अटोमोबाइलका म्यानेजिङ डाइरेक्टर रुद्र शर्माले विश्वबजारमा राम्रो बजार रहेको गाडी नेपालमा २००२ मा भित्रिएपनि पश्चिम नेपालमै नयाँ रहेको बतानुभयो ।

पश्चिम नेपालमा माग बढ्दै जाँदा गाडीको स्वरुम सञ्चालन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस गाडीको स्वरुम नेपालगन्जमा सञ्चालनमा आइसकेको छ । दाङ र सुर्खेतमा सञ्चालनको तयारी भइरहेको छ ।

आइतबार (भोली) दाङको घोराहीमा स्कोडा कम्पनीले नै सेमिनारको आयोजना गरेको शर्माले जानकारी दिनुभयो । विभिन्न मोडेलमा रहेको स्कोडो गाडी ३६ लाखदेखि बढी मूल्यमा पाउन सकिन्छ ।

जर्मर्नीमा उत्पादन हुने यस गाडी अन्य गाडीको तुलनामा धेरै राम्रो रहेको म्यानेजिङ डाइरेक्टर शर्माले बताउनुभयो । उहाँले अन्य गाडी ५ हजार किलो मिटर गुडेपछि सर्विसिङ गर्नु पर्ने भएपनि यस गाडी भने १५ हजार किलो मिटर गुडे पछि मात्र सविसिङ गर्न सकिने जानकारी दिनुभयो।

पत्रकार सम्मेलन महादेवा अटोमोवाइलका प्रमुख माधव धितालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार गिरीराज नेपालीले गर्नुभएको थियो ।