तिहारका लागि काठमाडौंबाट घर फर्कने नागरिकका लागि कोरोना विरुद्धको खोपको व्यवस्था

तिहारका लागि काठमाडौंबाट घर फर्कने नागरिकका लागि कोरोना विरुद्धको खोपको व्यवस्था

काठमाडौं, कार्तिक १६ । तिहारका लागि काठमाडौंबाट घर फर्कने नागरिकका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहान ७ बजेदेखि बेलुकासम्म नै काठमाडौबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हो ।

त्यसका लागि काठमाडौंबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ । परिचयपत्र भएका १८ वर्ष भन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज खोप दिइनेछ ।

यी पाँच ठाउँबाट आज र भोलि खोप दिइनेछ ।