जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१७ कात्तिक, सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।