वर्तमान सरकार विकास बिराेधी सरकार हाे : नेता पाेख्रेल

वर्तमान सरकार विकास बिराेधी सरकार हाे : नेता पाेख्रेल

कार्तिक १८, दाङ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पाेख्रेलले वर्तमान सरकारलाई विकास विराेधी सरकार भएकाे आराेप लगाएका छन् ।

प्रेस चाैतारी नेपाल दाङ शाखाकाे आयाेजनामा आयाेजित पत्रकार भेटघाट कार्यक्रम बाेल्दै नेता पाेख्रेलले वर्तमान गठबन्धनको सरकार विकास विराेधी भएकाे जिकिर गरेका हुन् । ` विपन्नवर्गलाई सरकारले उपलब्ध गराउन थालेकाे १० हजार रकमले विकासमा टेवा नपुर्‍याउने र चाडपर्वमा खाएरै सकिने भएकाेले सरकारकाे याे कार्य विकास विराेधी हाे । नेकपा एमालेले थालेका विकासका कार्यलाई गतिशील नगराउने वर्तमान सरकारकाे नियत पनि विकास विराेधी हाे ।´ नेता पाेख्रेलले थपे, ` गठबन्धन सरकार विकासका काममा गतिशील हुन सकेन।´

नेकपा एमाले १० आंै महाधिवेशन सक्ने तयारीमा रहेकाे बताउँदै महाधिवेशनमा अलमलमा परेकाे काङ्ग्रेसलाई इङ्गित गर्दै उनले भने, ` पार्टीको अधिवेशन सम्पन्न गराउन अलमलिएकाे पार्टीको नेतृत्वले देशलाई कसरी समृद्ध तुल्याउन सक्छ? ´