सल्यानबाट दाङतर्फ गुडिरहेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु ,२१ जना घाइते

सल्यानबाट दाङतर्फ  गुडिरहेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु  ,२१ जना घाइते

दाङ, कार्तिक २१ । सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।सल्यानको जैसपानीबाट दाङतर्फ आइरहेको रा१ख २५५२ नम्वरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा पाैने १२ वजे दुर्घटनामा परेको सल्यानका डीएसपी गोविन्दकुमार थापाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरी प्रमुख थापाले बिस्तृत विवरण आउन बाँकी रहेकाे जानकारी दिनुभयाे ।

उहाँका अनुसार घटनास्थलमा ६ जनाकाे र उपचारका क्रममा ३ जनाकाे मृत्यु भएकाे हाे । मृतककाे सनाखत हुन सकेकाे छैन ।