कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

२२ कात्तिक, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परेर लम्की चुहा नगरपालिका-७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्युु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।