एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले: अध्यक्ष ओली

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोले: अध्यक्ष ओली

विराटनगर, कार्तिक २२ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताउनुभएको छ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीसम्बन्धी सम्झौता पास गर्छौं भनेर आफू र प्रचण्डले हस्ताक्षर गरेर दिइसकेको बताउनुभएको थियो।

तर प्रचण्डले भने राष्ट्रिय सहमति नभई एमसीसी सम्झौता पारित गर्न सकिन्न भनेर समय मागका लागि पत्र पठाइएको दा गर्नुभयो । यहि विषलाई ओलीले आज दुई मध्ये एक झुट बोलेको बताउनुभयो ।