सीमामा सशस्त्र प्रहरीको बी.ओ.पी बसेपछि स्थानीयलाई शान्तिको श्वास

सीमामा सशस्त्र प्रहरीको बी.ओ.पी बसेपछि स्थानीयलाई शान्तिको श्वास

शिवु खनाल

देउखुरी, २३ कात्तिक सीमामा सशस्त्र प्रहरीको बीओपी नहुदा चोरी तस्करी व्यापक हुन्थ्यो । भारतसंग जोडिएका दाङका अधिकशंक खुला सिमानाका कारण सीमा क्षेत्रका बस्तीहरू सुरक्षित थिएनन् । चोरी, तस्करी लगायतका गतिविधि मौलाएका थिए । तर, अहिले अवस्था केही फेरिएको छ । दाङ देउखुरी गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्र्तगत साना ठूला गरि ३४ वटा नाका रहेका छन् । खुला सिमा । वारपारमा कोही कसैको रोक थिएन । तर अहिले त्यो अवस्था छैन, हामीले सुरक्षा पाएका छौँ ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबादुर रोकाले भन्नुभयो,—। केही वर्ष पहिले घरका पशुचौपाय समेत रहन्थेनन्, घर आँगनबाटै चोरी हुन्थ्यो । पूर्वको अर्ना देखि पश्चिमको भौवानाकासम्म ८३ किलोमिटर सिमा सडक रहेको छ । सबै खुला सिमाना भएकाले नेपाल बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएका छन् । सरकारले एक वर्षअघिदेखि सीमा क्षेत्रमा सशस्त्रका विओपीहरू स्थापना गरेको छ । पहिले कोइलाबास नाकामा मात्रै बिओपी थियो । ८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा अहिले ५ वटा (बीओपी) ८ वटा फरवार्ड बेस, बोर्डर मोनिटरिङ् पोष्ट ३ वटा स्थापना गरिएको छ । ८३ किलोमिटर सीमा रहेको दाङको सीमा क्षेत्रमा १२ वटा नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुनेछ । सुरक्षाको अवस्थालाई हेरेर केही दुरीको फरकमा सीमा क्षेत्रमा बिओपीहरू स्थापना गरिएका छन् । बिओपी स्थापना भएपछि विगतमा चोरी, डकैती र तस्करीबाट आजित भएका स्थानीयवासीले अहिले सुरक्षित महसुश गरिरहेका छन् । ‘पहिले व्यापारिक सामग्रीहरू व्यापक रूपमा खुलमखुला ओसार पसार हुने गथ्यो । अहिले खासै देख्न पाइँदैन । सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्छ, भैसाहीनाका निवासी अमृत खड्काले भन्नुभयो,—। ‘भारतीयहरू नै गाउँमा आएर चोरी तथा लुटपाट मच्चाउँथे । स्थानीयहरू रातिको समयमा जाग्राम नै बस्थे ।’ त्यति मात्रै नभई महिलाले पहिरिएका सुनका गहना पनि जोगाउन गाह्रो थियो । तर, अहिले उनीहरूले त्यो समस्या हटेको छ । स्थानीयवासी अहिले रातमा सुकुनसँग निदाउन पाएका छन् । ‘पहिले घरका गोठमै बाँधेका राँगा भैसी पनि रातारात चोरी हुन्थे । राँगा–भैँसी जोगाउन पनि बाहिरै जाग्राम बस्नुपथ्यो । भैसाहीँनाका निवासी स्थानीय सन्देश घर्तीले भन्नुभयो,—। ‘रातिमात्रै नभई दिउँसै पनि भारततिरबाट आउने व्यक्तिहरुले चोरी डकैती तथा लुटपाट मच्चाउने गर्थे ।’ विगतमा गाउँमा घरमै बाँधेका र चराउन लगेका गाई बस्तु पनि जोगाउन अप्ठेरहेको रहेको नाकाबासीहरु बताउँछन् । भारतीय चोर तस्करहरूले नेपालतिर आएर रातारात रूखहरू पनि काटेर गाडीमा लोड गर्दै लैजान्थे । हामीले केही गर्नै सक्दैन थियौँ । त्यो सम्झिँदा त अहिले हामीले निकै सुख पाएका छौँ, स्थानीय पत्रिका केसीले भन्नुभयो,—। शान्तिको श्वास फेर्न पाएका छौँ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएपछि अहिले त्यस्तो चोरी डकैतीका घटनाहरू घटेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दिनरात सुरक्षा गस्ती गरिरहेका छन् । बिओपी स्थापना भएपछि जनताले शान्ति महसुस गर्न पाएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको प्र.जि.अ. रेग्मीले बताउनुभयो । ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुनिन्छ,’ उहाँले भन्नुभयो,—। ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अवैध ओसार प्रसार पनि रोकिएको छ ।’ दाङ जिल्लामा १२ वटा बिओपी स्थापना गरिएका छन् भने त्यसअन्तर्गत अस्थायी पोस्टहरू पनि राखिएका छन् ।।