तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस दुर्घटनामा १२ जना घाइते,बसमा आगलागी

तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस दुर्घटनामा १२ जना घाइते,बसमा आगलागी

दाङ, कार्तिक २४। दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटनामा परेको छ। बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् भने बसमा लागलागी भएर पूरै भाग जलेर नष्ट भएको छ ।

बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो । उहाँले पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो।

बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो ।

घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक निजी स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल छन ।

बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।