विप्लव नेकपाद्वारा आन्दोलनसहित नेपाल बन्दको घोषणा

विप्लव नेकपाद्वारा आन्दोलनसहित  नेपाल बन्दको घोषणा

काठमाडौं, कार्तिक २५ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पेट्रोलियम पदार्थको मूल्य बढेकोप्रति विरोधका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव विप्लवले बिहिवार एक वक्तव्य जारी गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा बिरोध गर्दै संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको हो ।

कार्तिक २५ गतेदेखि कार्तिक ३० गतेसम्म संघर्षका कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

हिजो नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको थियो ।