प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो आठ इजलास

प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो आठ इजलास

काठमाडौं, कात्तिक २६ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि आठ इजलासमा तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ । आज सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले आज आफ्नो आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन । यता नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ ।
बिहीबार बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो । बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस गर्न नजाने निर्णय गरेको बारले शुक्रबार भने सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको हो ।
त्यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । बिहीबरको प्रदर्शनमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएपछि आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने कानुन व्यवसायीले घोषणा गर्नुभएको थियो । साथै आज सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।