पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, कार्तिक २६। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६६ जनाको परीक्षण गर्दा ३ सय ५५ जनामा पीसीआर र ४७ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ।

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमित घटिरहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ७ हजार ८ सय ९८ रहेको छ।