बलरामपुर घाटमा एमालेको श्रद्धाञ्जली सभा

बलरामपुर घाटमा एमालेको श्रद्धाञ्जली सभा

प्रकाश खनाल, लमही । नेकपा एमालेका संगठीत सदस्य रमेश चौधरीको निधनमा नेकपा एमाले देउखुरीले दुःख व्यक्त गरेको छ ।

आज निधन भएका उहाँको पार्थीव शरिरमा नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेश सभासद रेवतीरमण शर्माले राप्ती नदीको बलरामपुर घाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पार्टीका एक निष्ठावान कार्यकर्ताको निधनले पार्टीलाई अपुरणयीय क्षती भएको सांसद शर्माले बताउनु भयो । सो श्रद्धाञ्जली सभामा सयौंको संख्यामा पार्टीका नेता ,कार्यकर्ता आफन्तजन तथा शुभेच्छुकको उपस्थिति थियोे ।