निर्वाचन भएको भोली पल्ट नै पेट्रोलियम पदार्थको मूल्य बढ्यो

निर्वाचन भएको भोली पल्ट नै पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जेष्ठ १ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्थानीय तहको निर्वाचन भएको भोली पल्ट नै प्रतिलितर रु १० का दरले सरकारले पेट्रोलियम पर्दाको मूल्य बढाएको छ ।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

मूल्य बृद्धिभएसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।