सल्यान, जेठ २। सल्यानमा विजयी उत्सव मनाउन आउँदैगरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।
करेन्ट लागेर कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना र वडा नम्बर ४ का २३ वर्षीय गोपाल बुढाथोकीको मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा १६ वर्षीय हिमाल राना, २१ वर्षीय नविन रावत, १६ वर्षीय विनोद बुढा, १३ वर्षका महेन्द्र रावत, १४ वर्षका निखिल विक, १५ वर्षका लोकमनी बुढाथोकी रहेका छन् ।
त्यस्तै १६ वर्षका प्रकाश बुढाथोकी, १४ वर्षका निरज बुढाथोकी, १४ वर्षका डिल्ली बुढाथोकी, १३ का सोलन बुढाथोकी, १५ का हेमन्त बुढाथोकी, १४ का प्रकाश शाह, १७ का हेमन्त विक र १९ वर्षका गिहिन्द्र विक रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चौरजहारी मिशन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ ।