रोल्पा भएको जिप दुर्घटनमा थप एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या चार

रोल्पा भएको जिप दुर्घटनमा थप एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या चार

रोल्पा, कार्तिक २८। रोल्पामा आइतबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । जीप दुर्घटनामा माडी गाउँपालिका– ६ का ५१ वर्षिया रुद्र घर्ती, ४७ वर्षीया चौसरा कामी, ५५ वर्षिया टेकबहादुर पुनको घटनास्थलमा मृत्यु भएको थियो ।

यस्तै, सोही स्थानका १८ वर्षीया लिला पुन मगरको भने उपचारको क्रममा मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

जिपमा सवार ६ जनामध्ये अब २१ वर्षीया बिना घर्ती र ६१ वर्षिया पञ्चना विकको उपचार भइरहेको छ । घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।