U -19 लुम्बिनी प्रदेश छनौट प्रतियोंगीतामा दाङ को बिजयी शुरूवात

U -19 लुम्बिनी प्रदेश छनौट प्रतियोंगीतामा दाङ को बिजयी शुरूवात

हिमाल महरा
कार्तिक २८ घोराही

दाङ को लमही मा भयको वाई वाई U-19 प्रदेश छनौट खेलमा दांग ले बिजयी शुरूवात गरेको छ टस हारेर पहिला ब्याटिंग गरेको बर्दिया ले तुल बहादुर थापा र करण घर्ती मगर को उत्कृष्ट बलिंग को अगाड़ी खुलेर खेल्न सकेन र ३२.३ ओभर मा सबै विकेट गुमाएर जम्मा ८१ रन बनाऊन सफल भयो बर्दिया का लागी गोपाल जि सी ले ६३ बल मा १ छक्का र १ चौका को मदद ले २७ रन र भविष्य धामी ले ३८ बल मा १२ रन को योगदान दिएका थिए भने अरु कुनै ब्याटसम्यान हरुले दोहोरो अंक छुन सकेका थिएनन भने बलिंग तर्फ दांग का लागी तुल बहादुर थापा ले ८ ओभर मा १ मेड़न सहित १७ रन दिएर ४ तथा करण घर्ती मगर ले ४.३ ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए साथै कमल वली र आयुष वली ले समान १.१ विकेट लिएका थिए भने १ खेलाडी रन आउट हुन पुगेका थिए ८२ रन को बीजयी लक्ष्य लिएर मैदान ओर्लीएको दांग ले २१ ओभर मा २ विकेट गुमाएर उक्त लक्ष्य प्राप्त गरेको थियो दांग का लागी बिराट सिंह भण्डारीले ६० बल को सामना गर्दै ४ चौका को मदद लेअविजित ३८ रन तेसै गरी सन्देश कुमार पाण्डे ले ५२ बल को सामना गरी २ चौका को मदद ले २९ रन बनाएका थिए बलिंग तर्फ बर्दिया का लागी कप्तान बिशाल बिक्रम के सी ले र सौग़ात खत्री ले समान १.१ विकेट लिएका थिए फलस्वरूप उक्त खेल दांग ले ८ विकेट ले जित्न सफल भएको थियो खेल का म्यान अफ द म्याच दांग का तुल बहादुर थापा घोषित भएका दाङ क्रीकेट संघ का अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिनु भयो ।