देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम केन्द्रीय सरकारकाे नजरमा परेको छ : खेलकुद मन्त्री गहतराज

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम केन्द्रीय सरकारकाे नजरमा परेको छ : खेलकुद मन्त्री गहतराज


शिवु खनाल
देउखुरी, २३ साउन
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान लमहीकाे युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निरिक्षण गर्नुभएको छ । साेमबार मन्त्री गहतराजले क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्नुभएको हाे ।

मैदानको निरिक्षण गर्दै मन्त्री गहतराजले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई केन्द्रबाट सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले अवकाे मैदान निर्माणकार्य केन्द्र सरकारले विशेष प्राथमिकताका साथ ध्यान दिने बताउनुभयाे । उहाँले भन्नुभयो,-। `अब यस मैदानमा केन्द्रकाे नजर पनि परिसकेको छ ।´

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले यश मैदानलाई विशेष प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्नुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का युवा नेता बसन्त शर्मा विक्रान्त, देउखुरी क्रिकेट क्लवका अध्यक्ष शाेभाराम पाैडेल, लमही नगर विकास समितिका इञ्जिनियर तुलसीराम अर्याल, दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती, दाङ जिल्ला खेलकुद परिषद् प्रदेश सदस्य रवि श्रेष्ठ लगायतले मैदानको बारे जानकारी गराउनु भएको थियोे ।।