रोटरी क्लब अफ देवदहको आयोजनामा खानेपानी आयोजना सम्पन्न

रोटरी क्लब अफ देवदहको आयोजनामा खानेपानी आयोजना सम्पन्न

मुना खनाल ,रुपन्देही ।रोटरी क्लब अफ देवदहको आयोजनामा देवदह ४ ,सिंगाहा स्थित श्री शान्तिप्रिय आधारभूत विध्यालयमा‌ डिस्ट्रिक्ट ग्रान्ट अन्तर्गत खानेपानी आयोजना सम्पन्न सम्पन्न भएको छ। रोटरी क्लब अफ देवदहको अध्यक्ष रो. सचिन पंगेनीको अध्यक्षतामा एवम् रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रीक्ट गभर्नर इलेक्ट श्री राजेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा तथा डिस्ट्रिक्ट ३२९२ अन्तर्गत जोन २४का एजी रो.पिताम्बर ज्ञवाली र जोन ३०का एजी रो. राजु खरेलको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।

बिद्यालयको अवस्थालाई मध्यनजर गरि आवस्यक परेको खण्डमा सक्दो सहयोग क्लबको अध्यक्षलाई भुमिका निर्वाह गर्नका लागि कार्यक्रमको प्रमुख अतिथि राजेन्द्र ध्वजुले अनुरोध गर्नुभएको छ साथै रोटरी डिस्ट्रिक्ट ३२९२बाट सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।स्टिलको ट्याङ्कीमा पानी शुद्धिकरण गरि प्रयोगमा ल्याइएको र अहिले विधार्थीहरु खुसीका साथ पानी पिएको देख्दा प्रफुल्लित भएको अध्यक्ष सचिन पंगेनीले जानकारी गराउनुभएको छ।बिद्यालयको शौचालय भवन कमजोर भएको कारण पुनः निर्माण ,पुस्तकालय, कम्प्युटर ल्याब को ब्याबस्थापन र शैक्षिक ब्याबास्थापनमा अन्य सहयोग गर्ने आगामी योजना गरिएको अध्यक्ष पंगेनीले जानकारी गराउनु भयो।यस खानेपानी डिस्ट्रिक्ट ग्रान्ट प्रोजेक्ट (२०२१/२२)को सुरुवात पुर्व अध्यक्ष कृष्ण सापकोटाबाट गरिएको हो।उहाले कार्यक्रममा बोल्दै आफ्ना अनुभवहरु सुनाउनुभएको थियो।

उक्त कार्यक्रममा कम्तीमा सय जना बिद्यार्थीको उपस्थित रहेको थियो।विधालय का प्र अ, वडा ४ का अध्यक्ष, विधालय व्यबस्थापन समितीका अध्यक्ष ज्यु,संयोजक
डम्मर ब. गुरुगं
साथै रोटरी क्लब अफ देवदहका सदस्यहरु  सुनिल गिरी (अर्बेन्द्र)
र  डोलराज न्यौपाने (अर्जुनलगायत को उपस्थिति संगै कार्यक्रमको सहजीकरण क्लबको सचिव डोलराज न्यौपानले गर्नु भएको थियो।