लुम्बिनि प्रदेशद्वारा पद्माेदय क्याम्पसमा बिद्यार्थीलाई १२ लाख रकम छात्रवृत्ति

लुम्बिनि प्रदेशद्वारा पद्माेदय क्याम्पसमा बिद्यार्थीलाई १२ लाख  रकम छात्रवृत्ति

२३ भदौ, दाङ -बिष्णु गाेराथाेकी
लम्बिनि प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा तथा सामाजिक विकास निर्देशनालय वाट पद्माेदय क्याम्पस दाङलाई बि एस सि र बिबिएसमा जम्मा ११ लाख ८० हजार रकम छात्रवृतिका लागि रकम प्राप्त भएको छ ।

छात्रावृति वितरणका संयोजक अध्यक्ष गोविन्द प्रसाद न्यौपाने र क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा प्रसाद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालीका वडा न. १७ का वडा अध्यक्ष राम लौटन चौधरी को प्रमुख आतिथ्यतामा ९६ जना बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराईएकाे हो । क्याम्पस प्रमुख निश्चल अाचार्यका अनुसार बिज्ञान संकायका ३५ जना बिद्यार्थीलाई प्रति बिद्यार्थी रु २५००० र व्यवस्थापन संकायका बिद्यार्थी मध्य दलित, जनजाती, मुस्लिम, सहिदका छोरा छोरी, द्वन्द पिडित र महिला गरि ६१ जनालाई प्रति बिद्यार्थी रु ५००० का दरले छात्रवृत्ति रकम उपलब्ध गराएकाे छ ।

गुणस्तरीयता र लुम्बिनी प्रदेशको एक मात्र सामुदायिक क्याम्पस भएकोले बि एस सि तर्फ महिलालाई पुर्ण छात्रवृत्तिकाे व्यवस्था रहेकाे र व्यवस्थापन संकायका बिद्यार्थीलाई पनि थोरै भएपनि छात्रवृत्ति रकम उपलब्ध गराएको हाे । प्रदेश सरकारद्वारा यश क्याम्पसलाई प्रदेशकै नमुना सामुदायिक क्याम्पसकाे रुपमा स्थापना गर्ने लक्ष्य रहेकाे क्याम्पस प्रमुख अाचार्यले जानकारी दिनुभयो ।।