राजपुर गाउँपालिका हाँक्ने माओवादी केन्द्रका वडा अध्यक्ष, सचिव, (सबै वडा अध्यक्ष, सचिवको नामसहित)

राजपुर गाउँपालिका हाँक्ने माओवादी केन्द्रका वडा अध्यक्ष, सचिव, (सबै वडा अध्यक्ष, सचिवको नामसहित)

शिवु खनाल
राजपुर, ४ मंसिर
नेकपा माओवादी केन्द्रले देशभरि वडा सम्मेलन गरेको छ । सम्मेलनबाट दाङमा ९७ जना वडा अध्यक्ष चुनिएका छन् । माओवादीले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गरेको भए पनि सबै वडामा निर्विरोध नेतृत्व चयन भएको छ ।

यसैगरी दाङका राजपुर गाउँपालिकामा सम्पन्न सम्मेलनले नयाँ कमिटी सर्वसम्मत रुपमा गठन गरेकाे हाे । राजपुर गाउँपालिका वडा नं. १ मा श्यामलाल ओली अध्यक्ष, लालबहादुर बुढा सचिव, २६ सदस्यीय र १९ गाउँ सम्मेलन प्रतिनिधि छनाेट, यस्तै २ नं. मा २– तुलसीराम भण्डारी अध्यक्ष, तिलकराम विक सचिव, २६ सदस्यीय र ३३ गाउँ सम्मेलन प्रतिनिधि छनाेट,
यसैगरी ३ नं. मा राजबहादुर यादव अध्यक्ष,
सुर्यलाल भर सचिव, २७ सदस्यीय र १२ गाउँ सम्मेलन प्रतिनिधि छनाेट गरेको छ ।

यस्तै ४ नं. मा परशुराम यादव अध्यक्ष, दिपक परियार सचिव, २१ सदस्यीय र ९ गाउँ सम्मेलन प्रतिनिधि छनाेट, त्यसैगरी ५ नं. मा अम्मरबहादुर बोहरा अध्यक्ष, गुमानकुमार वलि सचिव, १९ सदस्यीय र ९ गाउँ सम्मेलन प्रतिनिधि छनाेट, त्यसैगरी ६ नं. मा नेत्रबहादुर केसी अध्यक्ष, आशा चाैधरी सचिव, २० सदस्यीय र २७ गाउँ सम्मेलन प्रतिनिधि छनाेट र ७ नं. मा टेकबहादुर राना अध्यक्ष, गनबहादुर वलि सचिव, २१ सदस्यीय र ४१ गाउँ सम्मेलन प्रतिनिधि छनाेट गरिएको राजपुर गाउँपालिका निर्वाचन समितिका संयाेजक विष्णु खत्रीले जानकारी दिनुभयाे ।
त्यस्तै वडाहरुमा सबै जिल्ला नेताहरु पुग्नुभएका थिए ।।