सुर्खेतमा दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ

सुर्खेतमा दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ

सुर्खेत, मंसिर ६। सुर्खेतमा दुर्लभ चितुवाको छालासहित चार जना पक्राउ परेका छन् । बराहताल गाउँपालिका–५ बड्डीचौरबाट तीन थान छालासहित चार जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका विमल र कमल शाहीबाट एकरएक थान लाभा, ओपेन्द्र र चक्रबहादुर शाहीबाट एकरएक थान रेडररियल्मी मोबाइल बरामद गरिएको जानकारी दिनुभयो । यसको साथै चक्र शाहीले बोकेको कालो रङ्को झोलामा रु ४५ लाख उल्लेख गरी दस्तखत गरेको चेकसमेत बरामद गरिएको उहाँले बताउनुभयो।

प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार पक्राउ परेकाको साथबाट रु २७ हजार नगदसमेत बरामद गरिएको र चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाही लागि डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुझाइएको छ ।