फिल्म ‘गोर्खा वारियर’ को पोस्टर सार्वजनिक

फिल्म ‘गोर्खा वारियर’ को पोस्टर सार्वजनिक

दाङ, मंसिर १४ । पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले पुर्‍याएको योगदानको कथावस्तुमा आधारित पिरियड ड्रामा तथा ऐतिहासिक फिल्म ‘गोर्खा वारियर’को पोस्टर सार्वजनिक भएको छ ।

मिलन चाम्स निर्देशित फिल्म आगामी २०८० सालको मंसिर महिनामा विश्वव्यापी प्रदर्शन हुने भएको छ । निर्माताले फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति र पात्रको आवरण प्रकाशमा ल्याएका छन् ।

‘वार मुभि’को मुड सिर्जना गर्ने खालको पोस्टरमा रितेश चाम्स, विजय लामा, रियर राई लगायत फिचर्ड छन् । गोर्खा सैनिकको गेटअप र मुडमा पात्रहरु चित्रित देख्न सकिन्छ ।