कैलालीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु

कैलालीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु

कैलाली,मंसिर १५। कैलालीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो ।