दाङको घोराहीमा बस दुर्घटना हुदा एकजना घाइते

दाङको घोराहीमा बस दुर्घटना हुदा एकजना घाइते

दाङ, ८ मंसिर ।दाङको घोराहीमा बस पल्टिँदा एक जना घाइते भएका छन् ।यात्रु नबोकेको खालि बस घोराहीको क्रीजल पेट्रोल पम्पनिर दुर्घटना हुदा बस चालक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्रमुख थम्मन जिसिले जानकारी दिनु भएको छ।
ना५ ख ८०३४नम्बरको बस आज राती पल्टिँदा घोराही ५ को चालक शक्ति परियार सामान्य घाइते भएको उहाले जानकारी दिनु भयो ।घोराहीबाट तुल्सिपुरतर्फ जादै गरेको बस सडकछेउमै पल्टिएको छ।पल्टिएको बसलाई भोलि उठाउने काम भोलि बिहानै उठाउने प्रहरीको भनाइ छ।