लागुऔषधमा परेका युवालाई नया जीवन दिदै मार्ग दर्शन

लागुऔषधमा परेका युवालाई नया जीवन दिदै मार्ग दर्शन

मुना खनाल
दाङ १०, मंसिर ।लागुऔषधमा परेका युवाहरुलाई मार्ग दर्शन पुनस्थापना केन्द्रले नया जीवन दिदै आएको छ।२०७४ साल माघ २१ गतेदेखि यस पुनस्थापना केन्द्रले सेवा दिदै आएको संचालक रविन महरले जानकारी दिनु भयो।स्थापनाकालदेखि अहिले सम्म ३०० -४०० युवाहरुलाई लागुऔषधबाट मुक्त गराई घर पठाइएको छ भने हाल २५ जनाको उपचार भइरहेको संचालक महरले जानकारी दिनु भयो।लागू औषधमा परेका युवाहरुलाई उपचार तथा परामर्श दिई नया जीवन दिनु यस पुनस्थापना केन्द्रको उदेश्य रहेको संचालक बिकास तिमिल्सिनाले जानकारी दिनु भयो।।नियमित योगा,ब्यायाम ,दैनिक ब्यक्तिगत तथा सामुहिक परामर्शसङै दैनिक दुर्‍यसन सम्बन्धि कक्षा हुने संचालक तिमिल्सिनाले जानकारी दिनु भयो।खेलकुद ,मनोरञ्जन र रमणीय वातावरण भएको केन्द्रले जनाएको छ।साथै आर्थिक अवस्था कमजोर भएकोलाई ३०%निशुल्क उपचार हुने संचालक तिमिल्सिनाले जानकारी दिनु भयो।