घोराहीमा आचार्य अर्डर एण्ड सप्लायर्स सञ्चालन

घोराहीमा आचार्य अर्डर एण्ड सप्लायर्स सञ्चालन

घोराही मंसिर ९ । घोराहीमा लुम्बिनी प्रदेशमै पहिलो पटक ब्राण्डेड कुर्चीको लागि शोरुम खुलेको छ । घोराही–१५ स्वर्गद्धारी एफएम रोडमा आचार्य अर्डर एण्ड सप्लायर्सको नाममा भारतीय प्रख्यात कुर्ची कम्पनी भिेवनको आधिकारिक शोरुम सञ्चालनमा आएको हो ।
युवा व्यवसायी आकाशदिप आचार्यले सञ्चालन गर्नु भएको उक्त शोरुमको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक बुढाथोकी र नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनले उद्घाटन गर्नु भएको हो । सो अबसरमा कम्पनीको तर्फबाट नेपालका मार्केटिङ म्यानेजर प्रविण श्रीवास्तवले कुर्चीको बारेमा जानकारी गराउनुभएको थियो ।  शोरुम उद्घाटनको अबसरमा कम्पनीले हरेक कुर्चीको खरिदमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको थियो । भिवन कुर्ची एघार हजार ५ सय १५ रुपैयाँ देखि एक लाख २९ हजार आठसयसम्ममा हाल नेपालको बजारमा पाइन्छ । कम्पनीले कुर्चीको दुईवर्षसम्म वारेन्टीको व्यवस्था गरेको छ । लामो समयसम्म कुर्चीमा बसेर सहजै काम गर्न सकिने र यसका कारण शरिरमा बाधा नपर्ने कम्पनीले जनाएको छ । नेपालमा पनि पछिल्लो समयमा यो कुर्चीले ७५ प्रतिशत बजार ओगटेको कम्पनीको भनाइँ छ । घोराहीमा सञ्चालित शोरुममा पहिलो चरणमा एक करोडको हाराहारीमा लगानी लगाइएको सञ्चालक आकाशदिप आचार्यले जानकारी दिनुभयाो । सेवा ग्राहीहरुको मागलाई मध्यनजर गरी शोरुममा फर्निचर र डेकोरेशन सम्बन्धि सम्पूर्ण सामानहरु खरिद गर्न सकिन्छ ।