जेसीज २०२३ को अध्यक्षमा वली निर्वाचित

जेसीज २०२३ को अध्यक्षमा वली निर्वाचित

घोराही । त्रिभुवननगर जेसीज २०२३ को अध्यक्षमा कुलबहादुर वली निर्वाचित हुनुभएको छ । अध्यक्ष वलीसहित नयाँ कार्यसमितिले शनिबार पदभार ग्रहण पनि गरेको छ ।जेसीजको महासचिवमा किरण गौतम चयन हुनुभएको छ । त्यस्तै कानुनी सल्लाहकारमा महेश गुप्ता, जनसम्पर्क अधिकारीमा रविकिरण केसी, कार्यकारिणी उपाध्यक्षहरुमा अमर अधिकारी र कृष्णदेव थापा मगर, कोषाध्यक्षमा टंक रावत अनन्त चयन हुनुभएको छ ।

यसैगरी जेसीज उपाध्यक्षहरुमा समीर केसी, प्रेमलाल न्यौपाने, किशन वली, रमेश घिमिरे, सचिवमा राजन घर्ती मगर, तालिम निर्देशकमा किरण न्यौपाने र शाखा सम्पादकमा श्यामकुमार गिरी चयन हुनुभएको छ त्रिभुवननगर जेसीज २०२२ का अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा भएको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युवा नेतृत्व र व्यक्तित्व विकास गर्ने काममा त्रिभुवननगर जेसिजले भूमिका खेलेको बताउनुभयो । उहाँले युवा नेतृत्व र व्यक्तित्वलाई समाज रुपान्तरणमा सदुपयोग गर्न पनि जेसीजलाई सुझाव दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले जेसीज समाजले आश गरेको सामाजिक संस्था भन्दै यसलाई नेतृत्व र व्यक्तित्व विकासमात्र नभई सामाजिक विकासका क्रियाकलापमा लगाउन सुझाव दिनुभयो । कार्यक्रममा पूर्वअध्यक्षहरु नारायणप्रसाद अधिकारी र ऋषिराज जंगलीले बोल्नुभएको थियो । विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।