कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

 कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

कैलाली, मंसिर ११।परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका वडा नं.१ सिमतडीका २६ वर्षीय उमेश चौधरी रहेका छन् ।

उनलाई प्रहरीले ५ ग्राम ७६० मिलिग्राम आगूऔषध खैरो हिरोइनसहित शुक्रबार दिउँसो ३ बजे पक्राउ गरेको हो । चौधरीले टिकापुर नगरपालिका वडा नं.१ जमरापारीमा वर्कसप संचालन गरेका थिए ।

उनले आगूऔषध कारोबार गर्ने गरेको सूचनाका आधारमा गएको प्रहरीले टोलीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।